सुनचाँदीको मूल्य घट्यो

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा  बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार नाै सय रुपैयाँले घटेर तोलामा दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी एक सय रुपैयाँले घटेर तोलामा चार हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार ९२० रुपैयाँमा कारोबार भएको थियो । एक सातामा सुनको भाउ १६ हजार सात सय रुपैयाँ घटेको छ ।

सुझावित समाचार