नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ अन्तिम साता गर्ने तयारी भएकाे छ ।
आजदेखि सुरु केन्द्रीय समिति बैठकमा चैत २१ देखि चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान चलाउने र आगामी २४, २५, २६ भदौमा काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव लैजाने कांग्रेसले तयारी गरेको छ ।