नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को नयाँ कार्यसमितिले पदाधिकारी चयन गरेको छ । आइतबार नाडा अध्यक्ष सुरेन्द्र उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गत पुसमा सम्पन्न साधारणसभाबाट निर्वाचित सदस्यमध्येबाट पदाधिकारी चयन गरेका हुन् । निवर्तमान अध्यक्ष करणकुमार चौधरी स्वतः पदाधिकारी बनेका छन् ।
यसैगरी, संस्थागत उपाध्यक्षमा भद्र भण्डारी, संस्थागत उपाध्यक्षमा गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, उपाध्यक्ष अभिक ज्योति, महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंंकज अग्रवाल र सहकोषाध्यक्ष नीलमणि पाठक चयन भएका हुन् । यस्तै, संस्थागत सदस्यमध्येबाट प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दीपेन्द्र कोइराला र पुष्कर ओझा परेका छन् । साधारण सदस्यमध्येबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दीपकराज गिरी, दीपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकास जोशी र विमल साह पदाधिकारी बनेका छन् ।
यसैगरी, अध्यक्षबाट मनोनीत हुने सदस्यमा दीपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन् ।