नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बालेन शाह प्रधानमन्त्री हुने पक्का भएको भन्दै खुसी व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्समा स्टाटस लेख्दै उनले बालेन शाह नेपालको प्रधानमन्त्री हुने अब पक्का भएको छ र पहिलोपटक एउटा मधेशी व्यक्ति प्रधानमन्त्री हुँदै छ भनेर खुसी व्यक्त गरे।
उनले यो पुस्तान्तरण मात्र मात्र नभई असली र ऐतिहासिक राजनीतिक रूपान्तरण भएको उल्लेख गरेका छन् । देशी र विदेशी सबैले यो सत्य संज्ञानमा राख्नुपर्ने भन्दै आफूले चुनाव हारे पनि साह्रै हर्षित भएको उल्लेख गरे।