ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

 ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकले सातै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवालक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रम आयोजना गर्न लागेको हो । 

यस वर्षको ग्लोबल मनी विकको मुख्य नारा ‘स्मार्ट मनी टक्स’ रहेको छ । यसैलाई आत्मसात् गरी मार्च १६ देखि मार्च २२ सम्म बैंकका विभिन्न शाखा कार्यालयबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नेछ । यसका साथै बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पनि प्रसारण गर्नेछ ।

वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । चालू आवमा बैंकका ७० भन्दा बढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन् । 

सुझावित समाचार