कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै खबरदारी [तस्बिरहरू]

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन–जी अभियन्ताहरूले प्रदर्शन गरेका छन्। जेन–जी मुभमेन्ट अलायन्सलगायतले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।

प्रदर्शनमा सहभागीहरूले मल्लिक, रायमाझीलगायतका आयोगको प्रतिवेदन अझै गोप्य राखिएको उल्लेख गर्दै कार्की आयोगको प्रतिवेदन पनि सार्वजनिक नहुने आशंका व्यक्त गरेका छन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार