टी–२० विश्वकपमा इंग्ल्यान्डले सुपर ८ चरणको खेलमा लगातार तेस्रो जित निकालेको छ। यसअघि नै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको इंग्ल्यान्डले शुक्रबार न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले सात विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफी ब्याटिङमा इंग्ल्यान्डले ६ विकेट गुमाएर १९.३ विकेटमै सो लक्ष्य पूरा गरेको हो।
खेलमा अन्तिम तीन ओभरमा इंग्ल्यान्डलाई ४३ रन चाहिएकाले न्युजिल्यान्ड जिततर्फ अघि बढेको थियो। तर, १८औँ ओभरमा इंग्ल्यान्डका खेलाडीले २२ रन बनाएपछि खेल इंग्ल्यान्डतर्फ पल्टिएको हो।
यो खेलको नजितासँगै पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना झिनो कायमै भएको छ।
सुपर ८ मा समूह ‘बी’बाट इंग्ल्यान्ड सेमिफाइनल पुगिसकेको छ भने श्रीलंका बाहिरिसकेको छ। तीन खेलमा तीन अकंसहित न्युजिल्यान्ड पाकिस्तानभन्दा अगाडि छ। दुई खेलमा पाकिस्तानको एक अंक छ। अन्तिम खेलमा उसले श्रीलंकालाई ठुलो अन्तरले पराजित गरेमा मात्र उसको सम्भावना रहन्छ। नत्र न्युजिल्यान्ड सेमिफाइनलमा जानेछ।
न्युजिल्यान्डको रनरेट १.३९ छ भने पाकिस्तानको ०.४६२ छ। जसकारण पाकिस्तानकाे गणितीय सम्भावना मात्र कायम छ।