मतदानको दिन आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न दिने निर्णय

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनको मतदानको दिन आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरू यथावत् सञ्चालन गर्न दिइने भएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।

यसैगरी, हवाई टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि बसोबास स्थलसम्म र बसोबास स्थलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने निर्णय पनि भएको आयोगले जनाएको छ।

साथै, मतदानको दिनका लागि निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालयपरिसरमा पास वितरण इकाइ खडा गर्ने र सो इकाइमा आयोगको तर्फबाट दुईजना र जिल्ला प्रशासन कार्यालय काठमाडौंको तर्फबाट दुईजना कर्मचारीलाई तोक्ने बैठकको निर्णयमा उल्लेख छ।

सुझावित समाचार