साबिक विजेता लुम्बिनी एनपिएलको फाइनलमा
साबिकको विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको तेस्रो सिजनको फाइनलमा पुगेको छ। मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई सहजै पराजित गर्यो।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १०५ रनमै सीमित भयो। १६।४ ओभरमा ४ विकेट गुमाएर लुम्बिनीले सो लक्ष्य पूरा गरेको हो।
सरकारले बेवास्ता गरेको भन्दै प्राधिकरणको जग्गामा सरे त्रिशूलीका बाढीपीडित
बाढी गएको झन्डै तीन महिना हुन लाग्दा पनि सरकारले आफूहरूको व्यवस्थापनमा चासो नदिएको भन्दै नुवाकोटको त्रिशूलीका बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा टेन्ट हालेर बसेका छन्।
तीनै तहका सरकारले आफूहरूको व्यवस्थापनमा चासो नदिएको भन्दै विदुर नगरपालिका–१ का बाढीपीडितहरूले वडा नं ९ कोलोनीस्थित प्राधिकरणको जग्गामा टेन्ट बनाएका हुन्।
बिचौलियासँग कारोबार देखिएपछि पक्राउ परेका श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान
बिचौलिया इनम सापकोटासँग शंकास्पद कारोबार देखिएपछि पक्राउ परेका महेश श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढेको छ। जिल्ला अदालत, काठमाडौंले मंगलबार उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पाँच दिन थुनामा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दानबहादुर थापाले बताए।
सुतेकै अवस्थामा अचेत भेटिएका इन्स्पेक्टरको मृत्यु
जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक(इन्सपेक्टर)पर्वत कुमार केसीको सुतेकै अवस्थामा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयस्थित अधिकृत क्वार्टरमा मंगलबार बिहान उनी अचेत भेटिएका उनलाई अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
काभ्रेपलाञ्चोकबाट ३६ चिनियाँ नागरिक पक्राउ
भ्रेपलाञ्चोकको पाँचखालबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। शिखरपुरस्थित ह्वाई पार्क रिसोर्टमा छापा हानी प्रहरीले पाँच महिला र ३१ पुरुषलाई पक्राउ गरेको हो।
उनीहरू लामो समयदेखि त्यहाँ शंकास्पद गतिविधि गरी बसेको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। उनीहरूबाट ठुलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरिएको डिएसपी रविन विष्टले बताए। उनीहरूले अनलाइन ठगीसम्बन्धी धन्दा चलाएको हुन सक्ने प्रहरी आशंका छ।
इमेज सहकारी ठगीमा देवकुमार नेपालीलाई आठ वर्ष कैद
पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कास्की जिल्ला अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ। न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत १७ कात्तिकमा यस मुद्दाको फैसला सुनाएको हो।
ट्रेड युनियन खारेजीसम्बन्धी मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने
निजामती कर्मचारी प्रशासनको ट्रेड युनियन खारेजविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको इजलासले मंगलबार रिट संवैधानिक इजलासमा पठाउन आदेश गरेको हो ।
प्रेस स्वतन्त्रता र श्रम अधिकारको रक्षाका लागि महासंघद्वारा चरणबद्ध आन्दोलन घोषणा
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकार अनुदार बनेको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनाधिकृत गाडी तेर्स्याउनेलाई हालसम्म कारबाही नगरिएकोलगायतका विषयमा महासंघले आपत्ती जनाएको छ।
एक करोड ६७ लाखसहित ललितपुरबाट तीनजना पक्राउ
स्रोत नखुलेको एक करोड ६७ लाख रुपैयाँसहित ललितपुरबाट तीनजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्खु चोकबाट ललितपुरको गोदावरीका ३२ वर्षीय जयराम केसी, भोजपुरका ३१ वर्षीय दीपक खड्का र काठमाडौंका २९ वर्षीय प्रज्वल रिजाललाई पक्राउ गरेको हो।
क्षमताभन्दा बढी सिट थपिएका चारवटा इभी कारबाहीमा, प्रत्येकलाई १० हजार जरिवाना
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि मकवानपुर प्रहरीले क्षमताभन्दा बढी सिट थपेर सञ्चालन गरिएका चारवटा विद्युतीय माइक्रोबस (इभी)लाई कारबाही गरेको छ।
भीमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित प्रहरी चेकप्वाइन्टमा गरिएको जाँचका क्रममा दर्ता किताबमा उल्लेखित सिट क्षमताभन्दा चारवटा बढी सिट जडान गरिएका सवारी फेला परेका हुन्।