सुनचाँदीको मूल्य बढ्यो

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार दुई सय रुपैयाँले बढेर तीन लाख १३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

आइतबार सुन तोलाको तीन लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।  यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला तीन लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १७० रुपैयाँले बढेर तोलामा पाँच हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी पाँच हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।  यसअघि माघ १५ गते चाँदी प्रतितोला सात हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।

सुझावित समाचार