नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले रास्वपाले चुनाव हार्ने भएपछि वातावरण बिथोल्न खोजेको आरोप लगाएका छन्।
आइतबार झापामा एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्। रास्वपालाई कुनै आधार नभएको र सानो भाँडोमा उम्लिएको दुधसँग तुलना गर्दै ओलीले सुरुदेखि नै रास्वपाले अवाञ्छित गतिविधि गरेको आरोप लगाए।
उम्मेदवारी मनोनयनकै दिनदेखि रास्वपाले दमकबाट अवाञ्छित क्रियाकलाप थालेको जिकिर गर्दै ओलीले भने, ‘सारै उम्लिएको थियो, जित्दैनौँ भन्ने परेछ क्यारे अब अर्काका झन्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्न खोज्ने क्रियाकलाप सुरु गरेको छ।’