पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाइएको छ : सभापति थापा

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताएका छन् । 

कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए । 

उनले यत्तिकै पाँच हजार रोजगारी नभई कृषि, पर्यटन, भौतिक पुर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सिर्जना गर्ने संकल्प लिएको बताए ।

उनले भने, '५ हजार युवाहरूका लागि कार्यक्रम बनाउनेछौँ, चाहे त्यो संसदमा होस् या सरकारमा होस् । यसबारेमा कार्यक्रम नै बनाएका छौँ ।'

उनले युवाहरूमा अर्को महत्वपूर्ण कुरा सिप र सिर्जनालाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, 'कुनै युवा वा युवतीले आफूले अध्ययन गरिरहेको शिक्षा वा सिपपछि गएर काम नलाग्ने गरी हुनुभएन । उसलाई दक्ष बनाइराख्न अध्ययन गरिरहेको सिपमा थप गतिशीलता दिनु जरुरी छ। किनकि, अहिले बजार प्रतिस्पर्धाको छ ।' 

यस्तै, सरकारले ब्रेन ड्रेनसँगै ब्रेन गेन अर्थात् युवाको दक्ष जनशक्ति पलायनसँगै दक्ष जनशक्तिलाई संस्थागत रूपमा कसरी ल्याउनेतर्फ पनि योजना बनाएको सुनाए । विदेश पलायन भएका युवाहरूलाई नेपालमै कसरी संस्थागत ढंगबाट काम गर्ने वातावरण सिर्जना बनाउन सकिन्छ भन्ने कुरा योजना तयार पारेका छौँ ।'

See More On

सुझावित समाचार