मायाखोला हाइड्रोपावरको हकप्रद निष्कासकमा सिटिजन्स क्यापिटल

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

 मायाखोला हाइड्रोपावर लिमिटेडले निष्कासन गर्ने हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ । सेयर निष्कासनसन्बन्धी दुवै पक्षबिच सम्झौता भएको छ । सम्झौतापत्रमा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ र माया खोला हाइड्रोका तर्फबाट कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले माया खोलाको एक करोड कित्ता हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति लिन गर्नुपर्ने काम र तत्पश्चातको बिक्री प्रबन्धकको काम गर्ने बताइएको छ । हाइड्रोपावरले संखुवासभामा १४ं.९ मेगावाट क्षमताको आयोजना निर्माण गरिसकेको छ ।

सुझावित समाचार