वीरगन्ज भन्सारमा लक्ष्यको ८८ प्रतिशत राजस्व संकलन

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्षको सात महिनामा वीरगन्ज भन्सार कार्यालयमा एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व संकलन भएको छ । कार्यालयले साउदेखि माघसम्म एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

तर, समीक्षा अवधिमा लक्ष्यको ८८.०७ प्रतिशत राजस्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड राजस्व संकलन गरेको थियो । त्यस्तै, कात्तिकमा १७ अर्ब ३३ करोड र मंसिरमा भने २० अर्ब ८० करोड राजस्व संकलन भएको छ ।

त्यस्तै, पुसमा पनि २० अर्ब २० करोड राजस्व संकलन गरेको छ । कार्यालयले माघमा मात्र २१ अर्ब २९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकामा १८ अर्ब ९० करोड राजस्व संकलन गरेको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ ।

सुझावित समाचार