नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

लगातार चार दिन घटेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिनमा उकालो लागेको छ। बिहीबार नेप्से ८.९७ अंकले बढेर दुई हजार ६७१.०७ विन्दुमा कायम भएको हो।

आज ३३७ कम्पनीका दुई करोड ७७ लाख ८० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम ११ अर्ब १० करोड २५ लाख रुपैयाँमाथि पुगेको छ। बुधबार साढे आठ अर्बको सेयर खरिद–बिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये पाँच समूहको सूचक घट्दा बाँकी समूहको सूचक वृद्धि भएका छन्। होटेल तथा पर्यटन १.६५ प्रतिशतले घट्दा लघुवित्त, निर्जीवन बिमा, अन्य र व्यापार समूहको गिरावट एक प्रतिशतभन्दा कम छ। विकास बैंक १.१८ प्रतिशतले उकालो लाग्दा बढेका बाँकी सबै समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ।

बजार उकालो लाग्दा मध्यभोटेकोशी र रसुवागढी हाइड्रोपावर नौ तथा खानीखोला हाइड्रोपावर सात प्रतिशतभन्दा धेरैले वृद्धि भएका छन्। सर्वाधिक गुमाउनेमा भने कालिञ्चाेक दर्शकका लगानीकर्ता छन्। उक्त कम्पनीको सेयर मूल्य सात प्रतिशतभन्दा धेरैले घटेको छ।
 

सुझावित समाचार