कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

शनिबार, २४ माघ, २०८२
डिजिटल संस्करण

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। २४ भदौको जेन-जी विद्रोहका क्रममा आन्दोलनकारीले अन्य स्टोरसँगै कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा समेत आगजनी गरेका थिए। उक्त क्षतिग्रस्त सुपरस्टोर मर्मपश्चात् भाटभटेनीले पुनः सञ्चालनमा ल्याएको हो। 

बिहीबार एक कार्यक्रमका बिच कम्पनीले सुपरस्टोरको औपचारिक शुभारम्भ गरेको छ। आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर सुपर स्टोर पुनः सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडलका अनुसार हालैको घटनाबाट प्रभावित भए तापनि, भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूको सहयोग र विश्वासका कारण छिटो पुनःउत्थानको मार्गमा अघि बढ्न सफल भएको हो। कोटेश्वर स्टोरको पुनः सञ्चालनसँगै बाँकी स्टोरहरू पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने जानकारी पौडेलले दिएका छन्।

सुझावित समाचार