राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)को क्रेज मोरङमा पनि उस्तै छ । यसअघि उनी जहाँजहाँ पुग्छन् त्यहाँ उनका समर्थकको भिड लाग्थ्यो । केही दिनअघि सुदूरपश्चिमको यात्रा सकेर कोशी फर्किएका बालेनले मंगलबार झापाका विभिन्न बस्तीमा पुगेर आफ्ना लागि भोट मागेका थिए ।
उनी जहाँ जान्छन् त्यहाँ समर्थकको भिडले उनलाई घेरेकै हुन्छ । बालेन चढेको गाडीलाई घेरा हाल्दै समर्थकले बालेन, बालेन नारा लगाएका छन्।
भिडियोः