नेप्सेसँगै कारोबार रकममा गिरावट

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से १९.८५ अंकले घटेर दुई हजार ६९४.२० विन्दुमा कायम भएको हो।

३२९ कम्पनीका दुई करोड २० लाख ६० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा नौ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिन कारोबार रकम १४ अर्ब ३३ करोड रुपैयाँभन्दा माथि पुगेको थियो।

आज व्यापार समूह ०.५५ प्रतिशतले बढ्दा नेप्सेका बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ। होटेल तथा पर्यटन र जलविद्युत् समूह एक प्रतिशतभन्दा धेरैले घट्दा बाँकी समूहको गिरावट सोभन्दा कम छ।

बजार घटे पनि मिथिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। उक्त कम्पनी ९.७० प्रतिशतले बढ्दा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स आठ र शिवश्री हाइड्रोपावर ६ प्रतिशतभन्दा धेरैले वृद्धि भएका छन्।

यता, कर्पोरेट विकास बैंकका लगानीकर्ता भने सर्वाधिक गुमाउनेमा परेका छन्। उक्त बैंकमा नकारात्मक सर्किट लाग्दा रावा इनर्जी विकास र कालिका पावर कम्पनी क्रमशः ९ र ७ प्रतिशतभन्दा धेरैले गिरावट भएका हुन्।
 

सुझावित समाचार