सानिमाका सिइओद्वारा पदभार ग्रहण

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवनकुमार आचार्यले पदभार ग्रहण गरेका छन् । उनले सोमबार औपचारिक रूपमा पदभार सम्हालेका हुन् ।

आचार्यलाई बैंक सञ्चालक समितिले २४ कात्तिकमा सिइओ नियुक्त गरेको थियो । बैंकमा २१ वर्षदेखि निरन्तर योगदान दिँदै आएका आचार्य यसअघि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । 

आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एनआइआइटी, बेंग्लोरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । यही बैंकमा लामो समयसम्म विभिन्न विभाग तथा शाखाको नेतृत्व गरिसकेका आचार्यले कर्जा मूल्यांकन, डिजिटलाइजेसन र परियोजना वित्त हेर्दै आएका छन् । 

सुझावित समाचार