काठमाडौं ८ मा रास्वपाका विराजभक्तले दिए उम्मेदवारी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट विराजभक्त श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठले मंगलबार नागार्जुनस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। श्रेष्ठ शुभेच्छुक र मतदातालाई लिएर मनोनयन दर्ता गर्न पुगेका थिए।

श्रेष्ठ उक्त क्षेत्रमा दोस्रोपटक प्रतिस्पर्धामा उत्रिन लागेका हुन्। २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका उनी केही महिना युवा तथा खेलकुदमन्त्री भएका थिए। श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ८ का नागरिकका गुनासा तथा सुझाव संकलन गर्न डिजिटल दर्ता प्रणाली थालेका थिए।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ तथा नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडा रहेका छन्।

अघिल्लो निर्वाचनमा श्रेष्ठले हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २१६ मतान्तरले पराजित गरेका थिए। श्रेष्ठले १० हजार १०५ मत ल्याउँदा सायमीले ५ हजार ८८९ मत ल्याएका थिए।

सुझावित समाचार