रातो बंगला स्कुलका शुभांग प्रधानले हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल बुद्धिचाल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेका छन् । उनले सोमबार अभिक रेग्मीलाई हराएका हुन् । आठ वर्षीय शुभांग क्लासिकल, र्यापिड र ब्लिजकै फिडे रेटिङप्राप्त सबभन्दा कान्छो खेलाडी हुन् ।
१४९१ रेटेड शुभांगले प्रतिस्पर्धात्मक खेलमा सिद्धार्थ वनस्थलीका अभिकलाई सहजै हराए । पहिलो दिन अभियान राईलाई पराजित गरेका शुभांगले तेस्रो चरणमा मंगलबार सेन्ट जेभियर्स कलेजका अभिक शाहविरुद्ध खेल्नेछन् ।
हिमालयन चेस एकेडेमीको आयोजना भइरहेको हिमालयन च्यालेन्जर्समा शुभांगसहित शीर्ष वरीयताका अभिक शाह, सजल न्यौपाने र सात्विकमान तुलाधर विजयी भए । दोस्रो दिनको खेल समाप्तिसम्म सातजना खेलाडीले समान ६ अंक बटुलेका छन् । प्रतियोगितामा २८ स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागी छन् ।