रास्वपाका सहमहामन्त्री विपिन आचार्य प्रत्यक्षतर्फ चुनाव लड्ने, समानुपातिक सूचीबाट फिर्ता लिए नाम

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्य प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन्। यसअघि उनको नाममा रास्वपाले समानुपातिक सूचीमा राखेको थियो। 

समानुपातिक सूचीबाट नाम फिर्ता लिएर उनले प्रत्यक्षतर्फ चुनाव लड्ने निर्णय लिएको जानकारी दिएका छन्।  रास्वपाले समानुपातिकतर्फको अद्यावधिक सूची आइतबार आयोगमा बुझाइसकेको छ। 

उनले फेसबुकमा लेखेका छन्–
पार्टीभित्रको आन्तरिक बेथिति होस् वा समग्र राजनीति र देशको बेथिति सफा गर्ने लडाइँ लड्नका लागि पर्दापछाडि जति काम गरे पनि एक दिन पर्दा च्यातेर अगाडि आउनैपर्छ। देशले विश्वास गर्ने  फेस बन्न जरुरी हुन्छ। ब्याकफुटको लडाइँ लड्नेहरू धेरैजसो टेकन फर ग्रान्टेड लिइन्छन्, त्यसैले अब पालो फ्रन्ट फुटमा खेल्ने। समानुपातिकतर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम छोडेर प्रत्यक्षतर्फको यात्रा अघि बढाउँदै छु। साथ र सहयोगको अपेक्षा गर्दछु।
 

सुझावित समाचार