नेपाल प्रहरीका १० एसपीको एसएसपीमा बढुवा सिफारिस

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसपीको एसएसपीमा बढुवा सिफारिस गरेको छ। मन्त्रालयको बढुवा समितिको सचिवालयको बुधबार बसेको बैठकले १० एसपीको एसएसपीमा बढुवा  सिफारिस गरेको हो । 

विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका रामप्रकाश शाह पहिलो नम्बरमा परेका छन्। भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा बढुवा सिफारिस भएका छन् ।

सुझावित समाचार