वीरगन्जमा तनाव, मधेशभर सुरक्षा कडा

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

टिकटकमा धर्मसंस्कृतिलाई लक्षित गर्दै गरिएको अभद्र टिप्पणीले मधेश प्रदेशमा तनाव बढाएको छ। यो असर धनुषा घटनापछि पर्साको वीरगन्जसम्म फैलिएको छ।

धनुषा, पर्सा र मधेशका आठै जिल्ला सुरक्षा सतर्कता उच्च गरिएको छ। एक उच्च सुरक्षा अधिकारीका अनुसार हालको परिस्थितिलाई ‘संवेदनशील’ मान्दै सतर्कता बढाइएको हो।

केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरूले टिकटकमा हिन्दुस्तानको नाम समेटेर भिडियो पोस्ट गरेका थिए। स्थानीय अगुवाहरूका अनुसार भिडियोले धार्मिक सहिष्णुतामा असर पुर्याउन सक्ने खालको सामग्री समेटेको थियो। त्यसपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिए।

छलफलको क्रममा केही युवाहरू आक्रोशित भएका थिए भने मस्जिदमा आक्रमण पनि भएको थियो। घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको धनुषाका डिएसपी गणेश बमले जानकारी दिए। सोही घटनाको विरोधमा आज बिहान वीरगन्जमा प्रदर्शन भइरहेको छ।

सुझावित समाचार