कृषि उत्पादनको बजारीकरण गर्न महासंघको पहल

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

कृषि उत्पादनको बजारीकरण र सहकारीमार्फत लगानी प्रवद्र्धनमा सघाउ पुर्याउन उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र राष्ट्रिय सहकारी विकास बैंकले संयुक्त कार्यक्रम गरेका छन् ।

कार्यक्रममा सहकारी विकास बैंकका निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेलले उत्पादन भएका वस्तु बजारसम्म पुर्याउँदा ढुवानी, मूल्य निर्धारण र बिक्री मूल्यबिच सन्तुलन नहुनु मुख्य समस्या रहेको बताए ।

किसानले उचित मूल्य नपाउँदा कृषि पेसाप्रति आकर्षण घट्दै गएको र बिचौलियाको प्रभाव बढिरहेको उल्लेख गर्दै उनले किसानले तोकिएको मूल्य पाउने स्पष्ट र प्रभावकारी संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए । 

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले किसानले अझै सहज रूपमा कर्जा पाउन कठिनाइ भोगिरहेको बताएका थिए ।  

सुझावित समाचार