कृषि विकास बैंकको लाभांश पारित

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

कृषि विकास बैंक लिमिटेडले १९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले सेयरधनीहरूलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र नगद लाभांशस्वरूप ९.७५ प्रतिशत (करसहित) उपलब्ध गराउने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

सेयरधनीले उठाएका जिज्ञासालाई बैंक सञ्चालक समितिका अध्यक्ष डिमप्रसाद पौडेलले सम्बोधन गरेका थिए । देशका अति दुर्गमदेखि सुगम ठाउँहरूमा स्थापना भएका शाखा, मुख्य कार्यालयसमेत गरी बैंकले २८५ वटा कार्यालयमार्फत आधुनिक बैंकिङ सेवा दिँदै आएको छ ।

सुझावित समाचार