नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि बुधबार बेलुकी ८ बजेभित्र मतदानस्थल प्रवेश गर्नेले मात्रै मत दिन पाउने भएका छन्।
पुनः महासचिव बन्न जारी ११औँ महाधिवेशनमा चुनावी मैदानमा उत्रिएका शंकर पोखरेलले मतदानका लागि भित्र प्रवेश गर्न समय तोकिएको जानकारी दिएका हुन्, ‘भित्र प्रवेशको समय ८ बजे कायम गरिएको छ। कुपन लिएर मतदानको अधिकार सुरक्षित गरौँ,’ पोखरेलले फेसबुकमा लेखेका छन्।
दुई हजार २६२ प्रतिनिधिमध्ये करिब आठ घण्टामा आठ सयजनाले मात्रै मतदान गरेका छन्। महाधिवेशनको पाँचौँ दिन बुधबार बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो।