एमाले मतदान सुस्त, साढे पाँच घण्टामा ५५० मत खस्यो

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण
एमाले मतदान सुस्त, साढे पाँच घण्टामा ५५० मत खस्यो

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि जारी ११औँ महाधिवेशनमा मतदान निकै सुस्त भएको छ। दुई हजार २६२ प्रतिनिधिमध्ये साढे पाँच घण्टामा ५५० जनाले मात्रै मतदान गरेका छन्।

पटक–पटक मतदानको समय सारिँदै महाधिवेशनको पाँचौँ दिन बुधबार बिहान ९ बजेदेखि भोटिङ सुरु भएको हाे। नयाँ नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ (ई–भोटिङ) गरिरहेकाे छ। 

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार बेलुकी ८ देखि १० बजेभित्र मतदान सम्पन्न हुनेछ। मतदान सकिएको दुई घण्टापछि नतिजा घोषणा गर्ने तयारी रहेको एमाले प्रचार समितिले जनाएको छ।

मतदान सकिएपछि बन्दसत्र स्थलमा प्रतिनिधि बोलाउने र नतिजा घोषणा गरी औपचारिक रूपमा महधिवेशन समापन गरिने बताइएको छ। मतदान गर्न २० मिनेट समय लाग्ने जनाइए पनि अध्यक्षका उम्मेदवारले ४० मिनेट लगाएर मतदान गरेका थिए।

सुझावित समाचार