नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटीमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो। बन्दसत्रको सुरुमा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् ।
आज बिहान ९ बजे नै सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठकलगायतका कारण सरेर दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो ।
हिजो शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो ।