प्रहरीद्वारा तीनवटा भैँसी, ११ वटा पाडीसहित विभिन्न अवैध सामान बरामद

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

प्रहरीले  तीनवटा भैँसी, ११ वटा पाडीसहित विभिन्न अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले  जिल्लाका विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजारबराबरको  सामान बरामद गरेको हो ।

बरामद गरी नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ । जिप्रकाबाट खटिएको प्रहरी टोलीले बुधबार रोहिणी गाउँपालिका– ३ बाट तीनवटा भैँसी, ११ वटा पाडी, रेडिमेट उलन कुर्ता ६० पिस, सिलाउने उलन कुर्ता ३० पिस, लेडिज पछ्याैरा ४० पिसलगायतका सामानहरू अन्दाजी चार लाख ५१ हजार रुपैयाँबराबरको सामान तथा भैँसी, पाडीहरू बेवारिसे अवस्थामा बरामद गरेको हो ।

त्यस्तै, इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका– १, बेलहिया बसपार्कस्थितबाट लु.११प ६४८२ मोटरसाइकल, कम्बोर्ड ट्वाइलेट सिट एक थान, स्विटर पाँच पिस, पोन्डस पाउडर ५० पिस, बोरोप्लस क्रिम २३ प्याकेट र दैनिक उपभोग्य सामानहरू पाँच बोरा गरी अन्दाजी एक लाख ५५ हजार रुपैयाँबराबरको सामान बेवारिसे अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार