एनएमबि बैंकले ल्यायो सफ्ट पस भुक्तानी प्रविधि

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

एनएमबि बैंक लिमिटेड, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिजासँग सहकार्य गर्दै एनएमबि सफ्ट पसको प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेको छ ।

सफ्ट पस नयाँ प्रविधि हो । यसले व्यवसायीलाई कुनै भौतिक मेसिनविना नै आफ्नो एनएफसी इनेबल्ड एन्ड्रोइड स्मार्ट फोनको माध्यमबाट डिजिटल कार्डमार्फत भुक्तानी स्वीकार गर्ने अनुमति दिन्छ । पाटा नेपाल च्याप्टरले मुख्य: होटेल, ट्राभल एजेन्सी, एयरलाइन्सलगायत पर्यटन क्षेत्रका सरोकारवालालाई प्रतिनिधित्व गर्दै आएको छ । 

एनएमबि सफ्ट पसको प्रयोगमार्फत पाटाका सदस्यले आफ्नो भुक्तानी प्रक्रियालाई अझ सुविधाजनक, सुरक्षित र छिटो बनाउन सक्ने बैंकले जनाएको छ । यसले गर्दा पर्यटक र ग्राहकलाई सजिलै भुक्तानी गर्न मद्दत पुग्ने बैंकको विश्वास छ । यो संयुक्त प्रयासले नेपालको पर्यटन उद्योगलाई डिजिटल रूपमा अझ उन्नत बनाउने विश्वास व्यक्त गरिएको छ । बैंकका दुई सय दुई शाखा, एक सय ८४ एटिएम र नौ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । 

सुझावित समाचार