सिटिजन्स क्यापिटल र हिमालयन इनर्जीबिच सम्झौता

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबिच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिबारे सम्झौता भएको छ ।

सम्झौतामा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सबिर बादे श्रेष्ठ र हिमालयन इनर्जीका सिइओ लक्ष्मी भट्टराईले हस्ताक्षर गरेका छन् ।

जसअनुसार सिटिजन्स क्यापिटलले हिमालयन इनर्जी लिमिटेडको आइपिओ निष्कासक तथा बिक्री प्रबन्धकको कार्य गर्नेछ । 

हिमालयनले चुक्ता पुँजी ५० करोडको २० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर १०० रुपैयाँका दरले सर्वसाधारणमा जारी गर्नेछ । यससम्बन्धी थप काम सिटिजन्स क्यापिटलले गर्नेछ ।

सुझावित समाचार