आर्थिक वर्ष ०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) करिब ३५ प्रतिशतले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो।
०८२ असोज महिनाको विप्रेषण आप्रवाह दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रहको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो क्रमशः एक लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो।