ग्राउन्डेड ट्विनअटर सञ्चालनमा आयो

बिहिबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल वायु सेवा निगमको ग्राउन्डेड ट्विनअटर जहाज मर्मतपछि पुन: उडानमा फर्किएको छ । निगमको ९एन–एबिटी ट्विनअटर जहाजले इन्जिन मर्मत तथा वार्षिकी जाँचपछि पुन: उडान सुरु गरेको हो ।  

निगमले देशका विभिन्न दुर्गम भेगमा आन्तरिक उडान गर्दै आएको ट्विन अटर डिएजची–६ जहाज मध्ये ९एन–एबिटी ट्विनअटर जहाज सेप्टेम्बर २०२५ देखि इन्जिन मर्मत तथा वार्षिकी जाँच ग्राउन्डेड रहेको थियो ।

मर्मतपछि २४ कात्तिकमा जहाजले सफलतापूर्वक परीक्षण उडान गरेको छ । ‘परीक्षण उडानको सफलतासँगै निगमको दुईवटै जहाजमार्फत २५ कात्तिकदेखि आन्तरिकतर्फ व्यावसायिक उडान सुरु गरिएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सुझावित समाचार