राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशन गरेको छ। आइतबार प्रकाशित नतिजाअनुसार ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
कुल एक लाख ४ हजार २६ विद्यार्थी परीक्षामा सामेल भएकोमा ७६ हजार ३६७ विद्यार्थी उत्तीर्ण भएका हुन्। ननग्रेडेड विद्यार्थीलाई लक्षित गर्दै बोर्डले ७ र ८ असोजमा परीक्षा सञ्चालन गरेको थियो।
परीक्षा सञ्चालन भएको डेढ महिनापछि नतिजा प्रकाशन गरिएको हो। नतिजामा त्रुटि भएमा बोर्डले ३ मंसिरसम्म रिटोटलिङको लागि समय दिएको छ।