‘अघिल्लो सञ्चालकका कारण महँगोमा सम्झौता गर्न बाध्य भयौँ’

आइतबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले अघिल्लो सञ्चालक समिति र व्यवस्थापनले समयमा निर्णय गर्न नसक्दा पिटिसी इन्डियाबाट महँगोमा विद्युत् किन्ने सम्झौता गर्न बाध्य भएको बताएको छ ।

प्राधिकरणले शनिबार विज्ञप्ति जारी गर्दै हिउँद (जनवरीदेखि मे)सम्म भारतको पिटिसी भारतबाट प्रतियुनिट ६.९५ भारुमा एक सय ८० मेगावाट विद्युत् २४ घण्टा नै खरिद गर्ने गरी सम्झौता गरेको जनाएको हो ।

तर, प्राधिकरण सञ्चालक समितिका अध्यक्ष ऊर्जामन्त्री कुलमान घिसिङ र कार्यकारी निर्देशक मनोज सिलवालले अनियमिता गरेको भन्दै त्यो विवादमा परेको छ । त्यसपछि प्राधिकरणले विज्ञप्ति जारी गर्दै अघिल्लो सञ्चालक समिति र व्यवस्थापनले समयमा निर्णय गर्न नसक्दा यस्तो अवस्था आएको स्पष्ट पारेको छ । यसअघि प्राधिकरणको अध्यक्षमा निवर्तमान ऊर्जामन्त्री दीपक खड्का र कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य थिए ।

हिउँदमा नेपालमा उत्पादन कम हुने भएपछि भारतबाट आयात गर्नुपर्छ । भारतबाट विद्युत् खरिद गर्न इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स), पिटिसी इन्डिया, एनभिभिएन र नेपाल–भारत विद्युत् एक्सचेन्ज समिति (पिइसी)लगायतका विकल्प छन् । 

त्यसमा प्राधिकरणले हिउँदका लागि विद्युत् खरिद गर्न १३ साउनमा भारतीय सरकारी कम्पनी ‘पिटिसी इन्डिया’ र भारतीय सरकारी निकाय ‘एनटिपिसी विद्युत् व्यापार निगम’ (एनभिभिएन)सँग प्रस्ताव माग गरेको थियो ।

पिटिसीले २३ साउनमा एक महिना (२३ भदौसम्म)को अवधि राखेर प्रतियुनिट ६.७४ भारुमा विद्युत् बिक्री गर्ने प्रस्ताव पठायो । एनभिभिएनले भने प्रतियुनिट ७.७० भारुमा विद्युत् बिक्रीको प्रस्ताव पेस गरेको थियो । 

सुझावित समाचार