मंगलबार सुनको मूल्य एक हजार चार सय रुपैयाँले घटेर दुई लाख ३८ हजार तीन सय कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य दुई लाख ३९ हजार सात सय रुपैयाँ कायम भएको थियो । आज सोही मूल्यमा एक हजार चार सय रुपैयाँ घटेको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर तीन हजार १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।