आज हरिबोधनी एकादशी। प्रत्येक वर्ष पशुपतिनाथ मन्दिरपरिसरमा फूलको डोली तार्ने परम्परा छ। साेहीअनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि भक्तजनहरूले डोरीमा बेल, पिपल, सयपत्री र अन्य फूलहरू उनेर त्यसलाई ‘फूलको डोली’ बनाई बागमती नदीमा तार्ने गरेका छन्। बिहानदेखि नै पशुपति क्षेत्रमा भक्तजनहरूको घुइँचो लागेको छ।










