कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुसहित सिंगापुर जान विमानस्थल पुगेका छन्। ११ बजे सिंगापुर एयरलाइन्समार्फत उनीहरू सिंगापुर जान लागेका हुन्। उपचारका लागि उनीहरू सिंगापुर जान लागेको देउवाको सचिवालयले जनाएको छ। उनीहरूको उडान ११ बजेर ५ मिनेटमा भए पनि जहाजमा समस्या आएपछि उडानमा ढिलाइ भएको विमानस्थल स्रोतले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भिआइपी कक्ष बन्द भएपछि उनीहरू सर्वसाधारणले प्रयोग गर्ने गेट नै प्रयोग गरेर गएका थिए। उनीहरूलाई चेकजाँच तथा बोर्डिङ पासका लागि प्रहरी अधिकारीले सघाएका थिए।
गत २४ भदौको आन्दोलनमा देउवादम्पतीमाथि आन्दोलनकारीले घरमै आक्रमण गरेका थिए। सो घटनापछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएका छन्।