पहिलो खेल नखेलेपछि सन्दीप परेका थिए पछिल्लो दुई खेलमा निलम्बन

बुधबार, १५ असोज, २०८२
डिजिटल संस्करण

क्रिकेटर सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासनको कारबाही गरेको जनाएको छ। सेप्टेम्बर २७ देखि ३० सम्म युएईको सारजहाँ क्रिकेट मैदानमा पहिलोपटक नेपाल र वेस्ट इन्डिजबिच टी २० सिरिज आयोजना भएको थियो। 

उक्त सिरिजमा खेल्नका लागि समावेश लामिछानेले खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि मात्रै नखेल्ने निर्णय गरेकोले उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी र समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएकोले टिम म्यानेजमेन्टको सिफारिसमा प्रतियोगिता अवधिभर निलम्बन गरिएको क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।  

नेपालले वेस्ट इन्डिजमाथि २-१ को नजितासहित ऐतिहासिक रूपमा  सिरिज  कब्जा गरेको थियो।

क्यानका अनुसार सन्दीप ओमानमा आयोजना हुने विश्वकप छनोटमा पनि सहभागी हुनेछन्।

सुझावित समाचार