नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। काठमाडौंको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको हो।
बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने र प्रचण्ड त्यसको संयोजक रहनेलगायतका विभिन्न निर्णय गरेको छ।
यी हुन् बैठकका निर्णयहरू :
१. केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने, पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने र महाधिवेशन मंसिरमा गर्ने,
२. पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने,
३. नेपोटिजमबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने, संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने,
४. जेन–जीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने, युवाहरूलाई प्राथमिकता दिने,
५. आइटीलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने,
६. अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई त्यसमै समेट्ने र महाधिवेशनसम्म छलफल गर्दै जाने,
७. विचार मिल्ने विभिन्न पार्टीहरूसँग एकता गर्ने।