उत्तराखण्डको रुद्रप्रयागमा बाढीपहिरो : सल्यानका बाबुछोरासहित तीनजना बेपत्ता

सोमबार, १६ भदौ, २०८२
डिजिटल संस्करण

भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको पूर्वी बागर छेनागाडमा आएको बाढीपहिरोमा सल्यानको वनगाड कुपिन्डे नगरपालिकाका एकैघरका बाबुछोरासहित तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वनगाड कुपिन्डे नगरपालिका– ६ कालागाउँका ४९ का शरद आग्री र उनका २४ वर्षका छोरा दीपक विक छन् ।

यस्तै, वडा नम्बर ५ राउचका ६९ वर्षका भीमबहादुर बुढा पनि बेपत्ता भएका छन् । उनीहरू गत १६ साउनमा घरबाट भारत गएका थिए । चार दिनसम्म पनि कुनै सम्पर्कमा नआएपछि आफ्नो परिवार आफूहरू खोजीकार्यका लागि भारततिर हिँडेको भाइ दुर्गा आग्रीले बताए ।

१२ भदौ राति भारतको छेनागाडमा अतिवृष्टिका कारण बाढीपहिरो जाँदा जनजीवन अस्तव्यस्त भएको छ । खासगरी छेनागाडको एउटा गाउँमा ठुलो क्षति भएको छ । शुक्रबार बिहानै मुसलधारे वर्षासँगै पहाडबाट लेदोसहितको बाढीले आठजनालाई बेपत्ता बनाएको छ । १५ भन्दा धेरै घर र पसल बगाएको छ । जसमा चारजना नेपाली र एक वनकर्मी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सुझावित समाचार