लगानी बोर्डले ५४ मेगावाटको तल्लो अप्सुवा जलविद्युत् परियोजनाको आठ अर्ब ८४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त लगानी स्वीकृति गरेको हो ।
बैठकले पश्चिम सेती जलविद्युत् परियोजना आठ सय मेगावाटको परियोजना विकास सम्झौताको मस्यौदा तयारी एवं वित्तीय ढाँचालगायतका विषयमा विकासकर्तासँग छलफल गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई त्यसको संयोजक तोकिएको छ ।