‘मुद्दा प्रभावित पार्न’ कांग्रेसको किसान महासंघका प्रवक्ता रावलले दिए उजुरी, गृहमन्त्री लेखकको योजनामा गृहमै बनेको थियो ड्राफ्ट

मंगलबार, २७ साउन, २०८२
डिजिटल संस्करण

रवि लामिछानेले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने भन्दै रुपन्देही अदालतमा दिएको निवेदनविरुद्ध कांग्रेस भ्रातृ संगठन नेपाल किसान महासंघका प्रवक्ता रमेशबहादुर रावलले सोमबार न्यायपरिषद्मा उजुरी दिएका छन् ।

गृहमन्त्री रमेश लेखकको योजनामा तीन–चार दिनअघि गृह मन्त्रालयमै उजुरीको ड्राफ्ट बनाइएको कांग्रैसकै एक नेताले बताए । सोमबार बिहान मस्यौदालाई अन्तिम रूप दिएर दर्ता गरिएको स्रोतको दाबी छ । उजुरीकर्ता रावल अधिवक्ता पनि हुन् ।

रविले १९ साउनमा अदालतमा निवेदन दिएपछि उजुरीको योजना बनेको स्रोतको भनाइ छ । रावलले कसैको योजनामा उजुरी नदिएको दाबी गरे पनि तीन दिनअघि गृह मन्त्रालय गएको स्वीकार गरेका छन् । ‘म तीन दिनअघि गृह मन्त्रालय गएको थिएँ । त्यहाँको कानुन शाखाबाहेक अन्त कहीँ गएको छैन,’ उनको दाबी छ, ‘कसैको सपोर्टमा उजुरी दिएको होइन ।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको ०७९ को चुनावी सरकारमा रावल प्रधानमन्त्रीको सचिवालयमा कार्यरत थिए । उनी देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुराका बासिन्दा हुन् ।

जेलमा रविको अवस्था कस्तो छ ?

सुझावित समाचार