नेप्से परिसूचक ३० अंकले बढ्यो, १८ अर्बभन्दा बढीको कारोबार

मंगलबार, १४ साउन, २०८२
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.७६ अङ्कले बढेर तीन हजार २.०७ विन्दुमा कायम भएको छ । आज नेप्से १.०३ प्रतिशतले बढेको हो ।

आज ३२१ कम्पनीको चार करोड १८ लाख आठ हजार ९६६ कित्ता सेयर एक लाख ५७ हजार ५२५ पटक खरिद–बिक्री हुँदा रु. १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैंक, वित्त र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र नेडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर ८.६० प्रतिशत छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडकाे रु. ६४ करोड ४१ लाख ३८ हजारबराबरको सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको १८ लाख ५८ हजार २२३ कित्ता सेयर किनबेच भएको छ ।

सुझावित समाचार