कास्कीमा भेटिएका हायु परिवार भन्छन्–आफ्नो गाउँ मन नपरेकाले छाडेका हौं

सोमबार, १२ साउन, २०८२
डिजिटल संस्करण

सिन्धुलीबाट बेपत्ता भएको हायु परिवार सकुशल कास्कीमा भेटिएको छ । कास्कीको पोखरा महानगरपालिका–३० गोगनगौंडास्थित स्थानीयको घरमा  १६ जना भेटिएका हुन् ।  
चन्द्र भण्डारीको घरमा चारजना र सोमनाथ पौडेलको घरमा बाँकी १२ जना भेटिएको कास्की प्रहरीले जनाएको छ। 

कास्कीका एसपी श्यामबाबु ओलीयाका अनुसार स्वइच्छाले नै आफुहरु गाउँ छाडेर हिडेको बताएका छन्। ‘आफ्नो गाउँ मन नपरेको र त्यहाँ धेरै बिरामी भएकाले अर्काे ठाउँ बस्न घर छाडेको उहाँहरुले बताउनुभएको छ,’ एसपी ओलीयाले भने,‘आफुहरु ज्यामी काम गर्ने भन्दै काम खोज्दै उनीहरू स्थानीयको घरमा पुगेको बुझिएको छ ।’ सिन्धुलीबाटै इभी गाडी रिजर्भ गरेर उनीहरु कास्की पुगेको सोधपुछमा खुलेको छ। 

मोबाइल समेत स्वीच अफ गरेकाले घटना शंकास्पद बनेको थियो। आयु परिवार आर्थिक रुपमा समस्यामा समेत रहेको स्थानीयले बताएका छन्। गाउँमा धेरै बिरामी परेकाले त्यहाँ फर्कन उनीहरुले इच्छा देखाएका छैनन्। 

सुझावित समाचार