प्रधानमन्त्रीले हावादारी कुरा गरेको भन्दै सांसदले मागे रुलिङ

बिहिबार, ९ साउन, २०८२
डिजिटल संस्करण

आमजनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीले इतिहासबारे हावादारी कुरा गरेको भन्दै सभामुखलाई रुलिङ गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सांसद साहले प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्यलाई राजनीतिक स्टन्टका लागि बंग्याएको आरोप लगाए।

प्रधानमन्त्री ओलीले श्रीराम नेपालमा जन्मेको र चतरा विश्वामित्रको आश्रमस्थल हो भनी दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै साहले भने, ‘राजनीतिक स्टन्टको लागि जे पनि गर्ने ? झुटको खेती प्रधानमन्त्रीजस्तो व्यक्तिले गर्न मिल्छ कि मिल्दैन ? प्रधानमन्त्रीले देशको नेतृत्व गर्ने हो, देशलाई सही दिशा देखाउने हो।’

आदिवासी जनजातिलगायत मूलववासीकै कारण नेपाल कहिले पनि कसैको गुलाम नबनेको उल्लेख गर्दै उनले अगाडि भने, ‘वास्तविकता दुनियाँलाई बताउनुको सट्टा त्यसलाई गुमराहमा राख्ने र आदिवासी जनजातिको अस्तित्वलाई अस्वीकार गर्ने ?’

प्रधानमन्त्रीले इतिहासलाई उजागर गर्नुको सट्टा राजनीतिक स्टन्ट गरेको आरोप लगाउँदै साहले भने, ‘समाजलाई अन्धकारमा धकेल्ने, विनासतिर लाने कुरा कदापि स्वीकार्य हुनेछैन। यसलाई करेक्सन गर्न सभामुखबाट रुलिङ होस्। प्रधानमन्त्रीजस्तो व्यक्तिले हावादारी कुरा गर्नु भएन। तथ्यमा टेकेर आएर संसदमा बताउनुस्। यहाँ छलफल होस् भन्ने माग गर्न चाहन्छु।’

सुझावित समाचार