सल्यानमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

सल्यानमा माछा  मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । गएराति शारदा नदीमा करेन्ट लगाई माछा मार्न गएका एक पुरुषको मृत्यु भएको हो। माछा मार्ने क्रममा ढुंगाबाट चिप्लिएर लडेका छत्रेश्वरी गाउँपालिका– ७ का सन्तोष विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

माछा मार्ने क्रममा ढुंगाबाट चिप्लिएर पानीमा डुबेका विष्टको तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी केशरकुमार न्यौपानेले जानकारी दिए।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको र अहिलेसम्म पोस्टमार्टम नभएकाले मृत्युको स्पष्ट कारण भन्न नसकिने उनले बताए । उनका अनुसार गएराति सन्तोषसहित पाँचजना शंखमूलस्थित शंखपार्कनजिकैको शारदा नदीमा माछा मार्न गएका थिए। विष्टको मृत्युपछि उनकाे साथमा रहेका चारजनालाई इलाका प्रहरी कार्यालय लुहामले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। घटनाको अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार