हुन्डाईका क्रेटा इभी र आइस सार्वजनिक

मंगलबार, १२ चैत, २०८१
डिजिटल संस्करण

क्रेटा इभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार र क्रेटा आइसको ५३ लाख ९६ हजार

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा इभी र क्रेटा आइस सार्वजनिक गरेको छ । एक कार्यक्रमबिच दक्षिण कोरियाली राजदूत पार्क ते यङको विशेष उपस्थितिमा ती इभी सार्वजनिक गरिएको हो ।

ग्राहकको आवश्यकता र गतिशीलताअनुसार क्रेटा इभी तथा आइस दुवै उपलब्ध गराइएको कम्पनीले जनाएको छ । क्रेटा इभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार र क्रेटा आइसको ५३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

हुन्डाईले सन् २०१५ बाट क्रेटाको बिक्री सुरु गरेको थियो । मिडसाइज सेगमेन्टमा क्रेटा उत्कृष्ट प्रदर्शन, जुनसुकै ठाउँमा पनि गुड्न सक्ने भएकाले १० हजारभन्दा धेरै ग्राहकको रोजाइमा परको कम्पनीको दाबी छ ।

२०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यी गाडीले मिल्ड अफ रोडमा सहज ड्राइभिङ अनुभव प्रदान गर्नेछन् । क्रेटा इभीका लागि आठ वर्षको ब्याट्री वारेन्टी र क्रेटा आइसका लागि तीन वर्षको भेहिकल वारेन्टी प्रदान गर्नेछ ।  

See More On

सुझावित समाचार