पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघका सागर बस्याल विजयी

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण

धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघका सागर बस्याल विजयी भएका छन्। स्ववियुको सभापतिमा नेविसंघका सागर बस्याल निर्वाचित भएका हुन्। सचिवमा अनेरास्ववियुकी प्रमिशा न्यौपाने र कोषाध्यक्षमा नेविसंघका यामनाथ गुरागाईं निर्वाचित भएका छन् ।

 अध्यक्षमा निर्वाचित भएका नेविसंघका सागर बस्यालले ६६८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी  युनियनका गणपति झाले ४४६ मत प्राप्त गरे  । त्यस्तै, अनेरास्ववियुका ईश्वर बन्जाडेले ३५२, अखिल क्रान्तिकारीा करण मगरले १५० मत प्राप्त गरे।

अनेरास्ववियुकी प्रमिशा न्यौपाने ५८० मत ल्याएर सचिवमा निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी समाजवादी  विद्यार्थी युनियनका अभिषेक यादवले ५६३ मत प्राप्त गरे । कोषाध्यक्षमा निर्वाचित नेविसंघका यामनाथ गुरागाईंले ६७४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका प्रदीपराज तिवारीले ५३१ मत प्राप्त गरे ।

सदस्यमा नेविसंघबाट आशिष ढकालले ६७३, अनिशराज भण्डारीले ७१४, जयन्त धामीले ७८१, आयुश खतिवडा ५९५, विद्या भण्डारीले ५८६, अनेरास्ववियुबाट अभिषेक कोइरालाले ६२९, आयुष्मा ढकालले ५६६ मत प्राप्त गरेका थिए । कुल मतदाता दुई हजार ३६२ रहेको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा  एक हजार ९८४ मत  खसेको थियो ।

सुझावित समाचार